काठमाडौं

प्रधानमन्त्री केपी ओलीले जलमार्ग र रेलमार्गको कुरा गर्दा केहीलाई सह्य नहुने भन्दै यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन् । "/>

पानीजहाज सञ्चालन यसै वर्ष देखि हुन्छ : प्रधानमन्त्री

पानीजहाज सञ्चालन यसै वर्ष देखि हुन्छ : प्रधानमन्त्री


काठमाडौं

प्रधानमन्त्री केपी ओलीले जलमार्ग र रेलमार्गको कुरा गर्दा केहीलाई सह्य नहुने भन्दै यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन् । सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको भन्दै ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन पनि आग्रह गरे ।

नेकपाको बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘वे बंगालबाट पानीजहाज यही वर्षभित्र सुरु भए अनौठो मान्नु पर्दैन । आलोचकलाई उद्घाटनमा सँगै लैजानेछु ।’ जलमार्गबाट भारतको कोलकाताको ओसारपसार गर्ने काम निकट भविष्यमै सुरु हुने पनि उनले बताए । आफूले रेलमार्ग र जलमार्गको कुरा गर्दा केही मान्छेमा ‘यो काम गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास नै नहुने’ भन्दै ओलीले असन्तुष्टि जनाए ।
अन्नपूर्णबाट

Logo