काठमाडौं
संघीय समाजवादी फोरमको पदाधिकारी बैठकले संविधान संशोधनका विषयमा जारी छलफल ठोस निष्कर्षमा पुगेपछि मात्र सरकारमा जाने निर्णय गरेको छ । "/>

फोरमको अडान : अब संविधान संशोधन पछि मात्र सरकारमा !

फोरमको अडान : अब संविधान संशोधन पछि मात्र सरकारमा !


काठमाडौं
संघीय समाजवादी फोरमको पदाधिकारी बैठकले संविधान संशोधनका विषयमा जारी छलफल ठोस निष्कर्षमा पुगेपछि मात्र सरकारमा जाने निर्णय गरेको छ । आइतबार बसेको फोरमको पदाधिकारी बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका लागि संविधान संशोधनको विषयलाई शर्तको रुपमा अघि सारेको हो ।

प्रधानमन्त्री ओलीले औचित्यका आधारमा मात्र संविधान संशोधन हुने अडान दोहोर्याइरहेका बेला फोरमले यस्तो निर्णय गरेको हो । बैठकले संविधान संशोधनका सवालमा जारी वार्ता निष्कर्षमा पुगे लगत्तै पार्टीले मन्त्रीको नाम सरकारलाई पठाउने बताएको छ । यस विषयमा सरकारसँग आबद्ध दलसँग थप छलफल गर्ने निर्णय आइतबारको बैठकले गरेको छ । संविधान संशोधनमा कुरा नमिल्दा शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा फोरम सहभागी भएन ।
अन्नपूर्णबाट

Logo