कांग्रेसका युवा नेता दोर्जे लामासहित २५० जना एमालेमा प्रवेश

कांग्रेसका युवा नेता दोर्जे लामासहित २५० जना एमालेमा प्रवेश


केन्द्रबिन्दु डेस्क । काठमाडौं, १४ भदौ ।

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता दोर्जे लामा बुधबार नकपा (एमाले) मा प्रवेश गरेका छन् । दोर्जे सिन्धुपाल्चोक जिल्लाका तरुण दल अध्यक्ष थिए ।

लामासँगै जिल्लाको तत्कालीन तातोपानी गाविसमा दुई पटक अध्यक्ष जितेका अमृत खड्का, कांग्रेसका क्षेत्रीय सदस्य विष्णु श्रेष्ठसहित सिन्धुपाल्चोकका दुई सय पचास बढी नेपाली कांग्रेस कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएअनुसार, एमाले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी उपाध्यक्ष वामदेव गौतम, सचिव योगेश भट्टराई, एमाले नेताहरू अमृत बोहरा, अरुण नेपनल , शेरबहादुर तामाङसमेत अन्य नेताहरूले लामासहितका नेता र कार्यक्रर्ताहरूलाई टीका र खादा लगाएर एमालेमा औपचारिक प्रवेश गराएका हुन् ।

यसरी एमाले प्रवेश गर्नेमा जिल्लाका नेता रमेश प्रधान, उर्मिला प्रधान, मनिष प्रधान, लालबाबु प्रधान, भरत प्रधान, लाक्पा शेर्पा, पासाङ तामाङ, सुर्खे तामाङ, पेम्वा तामाङ, छिरिङ डोल्मा ह्याल्यो, सञ्जय ह्याल्यो, साङदोर्जे ह्याल्यो, ईश्वर तामाङलगायत छन् ।

प्रवेश कार्यक्रमलाई सम्बोधन गदैं उपाध्यक्ष गौतमले मुलुक एमालेमय भएको भन्दै अब अन्य दलहरू राष्ट्रिय राजनीतिको मूलधारबाट बाहिरिने बताए ।

Logo