काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा, जेठ १३ गतेसम्म कायम

काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा, जेठ १३ गतेसम्म कायम


कोरोना संक्रमण नघटेपछि काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ। यस अघि जारी गरिएको निषेधाज्ञा भोलिदेखि सकिंदै गर्दा यसको निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बसेको थियो। सो बैठकले यस्तो निर्णय गरेको हो । अब जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुनेछ ।

सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले काठमाडौंमा दुई साता निषेधाज्ञा थप्न सिफारिश गरेको थियो। त्यही सिफारिशलाई आधार बनाएर आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थपेको हो।

गृह मन्त्रालयका अनुसार, कोरोना संक्रमण नियन्त्रणका लागि अहिले देशभरका ७० जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।

कोरोना संक्रमण बढेपछि १६ वैशाखदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको थियो। दुई साता लामो निषेधाज्ञा २९ वैशाखमा सकिँदै गर्दा फेरि थपिएको छ।

Logo