टहरा भत्काएपछि छाप्रा बनाएर बसेकाहरूले महानगर घेरे

टहरा भत्काएपछि छाप्रा बनाएर बसेकाहरूले महानगर घेरे


पोखराका भूमिहीन सुकुम्बासीले महानगरको कार्यालय घेरेका छन् । आफूहरू बसिरहेको छाप्रो भत्काएको विरोधमा उनीहरूले महानगरमा घेराउ गरेका हुन् ।

केही समयअघि पोखरा महानगरले ३३ नम्बर वडामा डोजर लगाएर छाप्रा भत्काएको थियो । ति छाप्राहरु अवैध रुपमा जग्गा पाउने आसले रातारात बनेको भन्दै भत्काइएको महानगरले जनाएको छ ।
अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले महानगरको कामप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो । संघका कास्की सचिव काजी गुरुङले मेयरको कार्यशैली विभेदपूर्ण भएको आरोप लगाए ।

उनले जनताको समस्यामा गम्भीर हुन मेयर धनराज आचार्यको ध्यानाकर्षण गराए । पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरू बल प्रयोग गरी हटाएको थियो । अहिले कास्कीमा पनि बास्तविक सुकुम्बासीलाई जग्गा वितरणको लागि तयारी अन्तिम चरणमा पुगेको छ । यही मौका छोपेर ठाउँठाउँमा नयाँ बस्तीहरु बस्न थालेका छन ।

Logo