थपिए ६५८ जना कोरोना संक्रमित, एकको मृत्यु

थपिए ६५८ जना कोरोना संक्रमित, एकको मृत्यु


बितेको २४ घण्टामा मुलुकभर ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ४५६ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९३ पुगेको छ ।

Logo