महिला लिगः आर्मीको सातौं जित

महिला लिगः आर्मीको सातौं जित


राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ । बिहीबार विराटनगर महानगरपालिकामाथि ७–० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आजको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले २–२ गोल गरे । यस्तै सपना लामा, विमला चौधरी र रश्मी घिसिङको नाममा एक एक गोल रह्यो ।

जितसँगै आर्मीले शीर्ष स्थानको एपीएफमाथि दबाब कायम राखेको छ । दोस्रो स्थानको आर्मीले ९ खेलमा २२ अंक जोडेको छ । एपीएफको २४ अंक रहेको छ  ।

विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Logo