काठमाडौं उपत्यकामा आज ४ हजार १९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४ हजार १९८ जना कोरोना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ४ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना रहेको छ । 

यस्तै नेपालमा आज  थपिएका कोरोना संक्रमितको संख्या ८ हजार ८५० जना रहेका छ। आज एन्टीजेन परीक्षणबाट ७३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

शनिबार ८ हजार ४१८ जना थपिएका थिए । शुक्रबार ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बुधबार ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै बिहीबार ९ हजार ७० जना संक्रमित थपिएका थिए ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ९४ हजार ७४० जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २२ जना निको भएका छन्। बिहीबार २ हजार ७०७ जना निको भएका थिए । शुक्रबार २ हजार ९०५ जना निको भएका थिए। शनिबार ३ हजार ७७० जना निको भएका थिए ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २ हजार ८०७ पुगेको छ।

आज ५२ जनाको मृत्यु भएको छ। यस पहिले अपडेट हुन बाँकी २६ सहित हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ७२० पुगेको छ।

हालसम्म २६ लाख ३५ हजार १३ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण १९ हजार २९३ रहेको छ।

Logo