महाअभियोग सिफारिस समिति बैठक : डेढ घण्टादेखि सांसद कुरेका जबराको बयान सुरु

महाअभियोग सिफारिस समिति बैठक : डेढ घण्टादेखि सांसद कुरेका जबराको बयान सुरु


निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्यलाई कुरेका छन् ।

समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् ।  बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो । 

गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् । जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ । 

जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । साे बैठकमा जबराकाे बयान पनि सुरु भएकाे छ । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो ।

१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । जबराले सफारिस समितिमा महाअभियोग लगाउँदा सांसदहरुले लगाएको २१ बुँदे आरोपको जवाफ दिनुपर्नेछ। स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको नेतृत्व र जगेर्ना गर्न नसकेको तथा न्यायपालिकामा विकृति, विसंगती, भ्रष्टाचार, विचौलियाले प्रवेश पाएकोदेखि लिएर प्रधानन्यायाधीशको पदमा रहेर कार्यकापालिकासँग भागवण्डा लागि सौदाबाजी गरेको उनीमाथि गम्भीर आरोप छ । 

Logo