जबराको तेस्रो दिनको बयान सुरू

जबराको तेस्रो दिनको बयान सुरू


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको छ ।  यसअघि भदौ १५ र १६ गते समितिले उनीसँग बयान लिएको थियो । आज तेस्रो दिनको बयान सुरु भएको हो ।

समितिले बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको छ । यसअघि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । 

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् । पहिलो दिनको बयानमा नै जबराले महाअभियोगको बैधानिकता सकिएको दाबी गरेका थिए । 

Logo