आज थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २२१ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा मुलुकमा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट १२२ जना र एन्टिजेन परीक्षणबाट ९९ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् भने कसैले ज्यान गुमाएको खबर छैन । नेपालमा हालसम्म महामारीमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ६९ हजार ६४५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

साथै कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ४४४ पुगेको छ । 

Skip This
Logo