निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु

निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान सुरु भएको छ । 

बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो । जबराविरुद्ध  सत्तारुढ दलका सांसदले फागुन १  गते महाभियोग दर्ता गराएका थिए । अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए । 

हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दाबी गरेका छन् । उनले राजनीतिक दलका नेतादेखि आफ्नै सहकर्मी न्यायाधीशलाई पनि विभिन्‍न आरोप लगाएका छन् । आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आएका छन् । यसअघि समितिले उनले नाम लिएका केही कानून व्यवसायीसँग बिहीबार छलफल गरेको थियो ।

Logo