इन्टर मिलानको खराब लय कायम

इन्टर मिलानको खराब लय कायम


इटालियन सिरी ‘ए’ मा युडिनेससँग ३–१ ले पराजित हुँदा इन्टर मिलानले तेस्रो हार बेहोरेको छ । लिगअन्तर्गत आइतबार राति हारसँगै इन्टरले तालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो ।

घरेलु मैदानमा निकोलो बरेलाले गरेको गोलबाट युडिनेसले अग्रता लिएको थियो । तर, २२औं मिनेटमा मिलान स्क्रिनियरबाट आत्मघाती गोल भएपछि इन्टर बराबरीमा फर्कियो ।

तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा इन्टरले महत्वपूर्ण तीन अंक गुमायो । ८५औं मिनेटमा जाका विजोलले युडिनेसलाई पुनः अग्रता दिलाए । यस्तै, इन्जुरी समयमा टोलगे अर्सलानले गोल गरेपछि युडिनेसले ३–१ को जित निश्चित गर्यो ।

जितसँगै सता खेलबाट १६ अंक जोडेको युडिनेस दोस्रो स्थानमा उक्लिएको छ । यता समान खेलबाट १२ अंक जोडेको इन्टर तालिकाको सातौं स्थानमा छ । 

शनिबारै भएको अर्को खेलमा युभेन्ट्स समेत पराजित भयो । युभेन्ट्स मोन्जासँग १–० ले स्तब्ध बन्यो । 

Logo