‘सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छरियो’ -महेश बस्नेत

‘सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छरियो’ -महेश बस्नेत


नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । 

शुक्रवार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताएका हुन् । उनले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताए । 
 
‘अहिले सामाजिक सञ्जालमार्फत प्रकट भइरहेका अपराधिक गतिविधिहरुमा अराजक समूहहरुले यो समूहलाई पहिचान गरिरहेको छ । अराजक समूह अहिले भौतिक रुपमा वा साइवर मार्फत माओवादीे,वाइसेल,काँग्रस,नेविसंघ,भिम उपाध्याय भएर,खगेन्द्र संग्रौला,बालेन शाहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छ ।’ उनले भने, ‘नेपालमा राजनीतिक अस्थिरता फैल्याउने र दलित, महिलाको पक्षमा,मधेस,जनजातीको पक्षमा बोल्न पार्टी विचार नेता कार्यकतालाई समाप्त गरिदिने र नेपालमा दलालहरु उत्पादन गर्ने महाशक्ति राष्ट्रका खेतला र गोठालाहरु उत्पादन गर्न अराजकतावादी शक्तिहरु लागेका छन् । अनेक खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित छन् । त्यहाँ युवाहरुलाई भुलाइएको छ त्यहाँबाट युवाहरुलाई ल्याउन आवश्यक छ ।’  

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताए । उनले सामाजिक सञ्चाल र साइवरमार्फत एउटा कोठामा बसेर एमालेलाई आक्रमण गरेको बताए । उनले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १ सय जनाले गाली गर्ने मान्छे रहेकासमेत बताए । 
 
नेता बस्नेतले आगामी निर्वाचनमा एमाले माथि बाधा अड्चन आउँछ भने युवासंघले प्रतिकार गर्नुपर्ने बताए । उनले युवा संघले नविनता,गतिशिलतासँगै रहर लाग्दो, भर लाग्दो र डर लाग्दो युवा संघ अगाडि जाँदा मंसिर ४ गतेको निर्वाचनमा एमालेको विजय कसैले रोक्न नसक्ने बताए । 

Skip This
Logo