सर्वाेच्च अदालतबाट विदाई भए कामु प्रधानन्यायाधीश कार्की

सर्वाेच्च अदालतबाट विदाई भए कामु प्रधानन्यायाधीश कार्की


सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार विदाइ गरेको छ ।

दुई दिनपछि कार्की विदेश भ्रमणमा जाने र पदावधि सकिंदासम्म स्वदेश नफर्कने भएकाले आइतबार नै सर्वोच्च अदालतले उनको विदाइ गरेको हो ।६५ वर्षे उमेर हदका कारण आगामी १७ असोजमा कामु प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट अवकाश हुँदैछन् ।

दुई दिनपछि कार्की विदेश भ्रमणमा गएमा स्वतः वरिष्ठतम न्यायाधीशका हैसियतले हरिकृष्ण कार्की नयाँ कामु प्रधानन्यायाधीश हुनेछन् । महाभियोग प्रस्ताव दर्ता भएका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हाल निलम्बनमा छन् । 

आगामी मंसिर २७ मा उनको पदावधि सकिनेछ । त्यसपछि मात्रै नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।

Logo