परिवारसँग चितवन पुगेका प्रचण्ड प्रेमगीत-३ हेर्न हलमा

परिवारसँग चितवन पुगेका प्रचण्ड प्रेमगीत-३ हेर्न हलमा


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । 

सपरिवार चितवन पुगेका प्रचण्ड प्रेमगीत-३ हेन हलमा समेत पुगेका छन् । उनि हिजो चलचित्र प्रेमगीत-३ हेर्न हलमा पुगेका हुन्।  हिजो साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा प्रेमगीत ३ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्न लायक बनेको बताएका थिए ।

त्यस्तै उनि आज आज नयाँ घरमा सर्दैछन् । आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन् । यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन् । शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन् ।

उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन् । प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनासाथ चितवन पुगेका हुन् । चुनावी प्रचार र पार्टी कामका लागि उनी हिजो चितवन पुगेका थिए । 

आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तालाई रिझाउन चितवन पुगेका प्रचण्डले त्यहाँ विविध राजनीतिक गतिविधि सञ्चालन गर्ने कार्यतालिका रहेको छ । उनले जिल्लामा असन्तुष्ट रहेका नेताहरुलाई अन्य पार्टीमा जानबाट रोक्ने रणनीति बनाएका छन् । हिजो मात्रै उनले अन्य पार्टीका केही कार्यकर्तालाई माओवादी केन्द्रमा भित्र्याए ।
 

Logo