बलात्कारको आरोप लागेका लहानका उपमेयर एक लाख धरौटीमा रिहा

बलात्कारको आरोप लागेका लहानका उपमेयर एक लाख धरौटीमा रिहा


बलात्कार प्रयास मुद्दामा प्रहरीको थुनामा पुगेका सिरहाको लहानका उपप्रमुख रामचलितर महतो धरौतीमा छुटेका छन्।

जिल्ला अदालत सिरहाले उपप्रमुख महतोलाई आईतवार एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश मनोज केसीको इजलासले उपप्रमुख महतोलाई एक लाख धरौटी राखेर तारेखमा छाड्ने आदेश दिएको थियो ।

अदालतको आदेशलगत्तै धरौटी बुझाएर उपप्रमुख महतो रिहा भएको सिरहा प्रहरीले जनाएको छ । २१ वर्षीया युवती जागिरको खोजीमा उपप्रमुख महतोको कार्यकक्षमा जाँदा कोठाको चुकुल लगाएर जर्वजस्ती करणी गर्न खोजेको आरोपसहित असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएकी थिइन। मुद्दा दर्ता भएपछि उपप्रमुख महतो फरार रहेका थिए। 

उजुरी दर्तापछि सम्पर्क विहिन बनेका उपप्रमुख महतो भदौं २४ मा प्रहरीमा हाजिर भएका थिए । नेपाली काँग्रेससँगको गठबन्धन गरेका जसपाको तर्फबाट उनी उपप्रमुखमा निर्वाचित भएका हुन् ।

Logo