‘नेपालमा नेताहरु बढी भाषण गर्छन्, काम पूरा गर्दैनन्’ -सभामुख सापकोटा

‘नेपालमा नेताहरु बढी भाषण गर्छन्, काम पूरा गर्दैनन्’ -सभामुख सापकोटा


सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् । 

सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताए । उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए । 

सभामुख सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे । उनले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताए । राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको उनको भनाई थियो । 

सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरु क्षणिक स्वार्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी पनि गरेका छन् । उनले स्थानिय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए । 

‘नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ । तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ । खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरुले भाषण गर्ने गरिएको छ । कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वास्र्थ लागि लागेको देखिन्छ ।’ उनले भने, ‘काम गरेर देखाउन एक्कसनमा जानुपर्छ । एक दुई तीन गरी काम गर्ने  योजनाका रुपमा जानुपर्छ । विकासको काममा युवाहरुको सहभागीता बढाउनुपर्छ। युवाहरुले धक्का नदिने हो भने मुलुकमा पर्यटन लगायत अन्य विकास अगाडि बढ्न नसक्दैन । अहिले युवा भन्दा स्वतन्त्र आदि इत्यादिको चर्चा रहेको छ ।  स्वतन्त्रहरुले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरुको क्षमता बाहिर ल्याएका छन् । त्यो ठिक छ । तर अहिलेका लागि  लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन ।’

Logo