को हुन पाउँछन् अस्थायी मतदाता ?

को हुन पाउँछन् अस्थायी मतदाता ?


निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलन गरिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा मतदान गनए पाउने गरी आयोगले अस्थायी मतदाताको नामावली संकलन गरेको हो । 

को हुन पाउँछन् अस्थायी मतदाता ?

अस्थायी मतदातामा नामावली हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । 

 १. नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी 

२ ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी 

३. कारागारमा रहेका थुनुवा वा कैदी 

४. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन र्भको वृद्धाश्रममा बसेका व्यक्ति 

५. निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी 

Avatar

Logo