निर्वाचन बहिस्कार गरेका चार दलद्धारा आन्दोलनका कार्यक्रम घोषणा

निर्वाचन बहिस्कार गरेका चार दलद्धारा आन्दोलनका कार्यक्रम घोषणा


संघीय निर्वाचन वहिष्कार गरेका विभिन्न चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन बहिस्कार गरेका चार कम्युष्टि पार्टीले सोमबार एक विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले देशका विभिन्न स्थानमा सभा लगायतका कार्यक्रम गर्ने तय गरेका हुन् । 

घोषित कार्यक्रम अनुसार आगामी असोज २३ गते चितवन, २५ गते जनकपुर, ३१ गते विराटनगर, कात्तिक २ गते पोखरा, ४ गते बुटवल, १७ गते सुर्खेत, १९ गते धनगढी र २३ गते काठमाडौंमा विरोध सभा गरिनेछ । 

जिल्ला समितिले पनि छुट्टै विरोधका कार्यक्रम आयोजना गर्ने जनाइएको छ । यस्तै महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Logo