नेपाल समाजवादी पार्टीका नेताहरु माओवादीमा प्रवेश

नेपाल समाजवादी पार्टीका नेताहरु माओवादीमा प्रवेश


जनता समाजवादी पार्टी छाडेर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीतिर लागेका १५ भन्दा बढी नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
 
नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाल समाजवादी पार्टीमा लाग्नुअघि मुसलमान जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष, पोखरेल मुख्य सचिव र लक्ष्मी यादव सचिव थिए । उनीहरुसँगै जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तव पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

उनीहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनालले पार्टीमा स्वागत गरे । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तवबाहेक अरु कोही पनि आफ्नो पार्टीका नेता-कार्यकर्ता नरहेको बताए । 
 

Logo