विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा कांग्रेसमा प्रवेश

विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा कांग्रेसमा प्रवेश


विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । 

सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टीको सदस्यता दिएर स्वागत गरेका हुन् । श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट संघीय संसद् सदस्यमा चुनाव लडेकी थिइन । 

उनले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै कांग्रेसमा प्रवेश गरेका बताइन् । त्यस क्रममा कांग्रेस नेता भीमसेनदास प्रधान पनि सहभागी थिए ।

Logo