समानुपातिकको बन्द सूची १४ गतेभित्र सच्याउन निर्वाचन आयोगको पत्र

समानुपातिकको बन्द सूची १४ गतेभित्र सच्याउन निर्वाचन आयोगको पत्र


निर्वाचन आयोगले आगामी असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ ।

आयोगले ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न भनेको हो । अन्य दलहरुलाई १६ गतेसम्म समय दिइएको छ । ठूला दलहरुको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगले जनाएको छ । 

निर्वाचन आयोगमा दर्ता भएका दलहरुले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए । मिश्रित निर्वाचन प्रणाली अनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् । 

Skip This
Logo