प्रदेशसभाको १६५ सिटमा कांग्रेसले दाबी गरेपछि अन्य दलले मागे आधार

प्रदेशसभाको १६५ सिटमा कांग्रेसले दाबी गरेपछि अन्य दलले मागे आधार


प्रदेशसभाको १६५ सिटमा दाबी गरेको नेपाली कांग्रेससँग अरु दलहरुले आधार मागेका छन् ।

सत्ता गठबन्धनको कार्यदलको सोमबार बसेको बैठकमा कांग्रेस नेताहरुले प्रदेशसभाको ३३० मध्ये १६५ सिटमा दाबी गरेका हुन् । जवाफमा गठबन्धनका अरु दलका नेताहरुले भने १६५ सिटमा दाबी गर्नुको आधार मागेका थिए ।

‘गत निर्वाचन, २०७४ को निर्वाचन, गठबन्धनको आवश्यकता, नेताहरुको व्यवस्था आधार हुनसक्छन्’, कार्यदलका एक सदस्य भन्छन्, ‘भोलि विहान ८ बजेको बैठकमा उहाँहरुले पेश गर्नुहोला ।’

त्यसपछि थप छलफल गरेर भोलि ११ बजे बस्ने शीर्ष नेताहरुको बैठकमा रिपोर्टिङ गर्ने सहमति भएको छ । कार्यदलका सदस्यका अनुसार प्रतिनिधिसभाको १६५ सिटमध्ये करिव ८० प्रतिशतमा सहमति जुटेको छ । 
 

Logo