मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहको सुझाव

मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहको सुझाव


निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ । 

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको  जानकारी दिए । 

तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदै छ । 

Logo