ट्रिटन कलेजमा गरियो नमुना मतदान

ट्रिटन कलेजमा गरियो नमुना मतदान


मतदाता शिक्षा कार्यक्रमअन्तर्गत काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल कलेजमा विद्यार्थीहरुकै सहभागीतामा नमुना मतदान गरिएको छ । 

मङ्सिर ४ गतेका लागि तय भएकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिरहँदा निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको हो ।

क्याम्पसमा अध्ययनरत कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरुलाई मतदान गर्ने सही तरिका सिकाउने उद्धेश्यले यो कार्यक्रम गरिएको कलेजका नमुना मतदान कार्यक्रम व्यवस्थापक कमान सिहं आर. सि.ले बताए ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टाछुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो ।

नमुना मतदानमा निर्वाचनमा हुने सबै प्रक्रिया पुरा गरिएको नयाँ बानेश्वर प्रहरी बृत्तका  प्रहरी नायब उपरिक्षक(डिएसपी) निशान्त श्रीवास्तवले बताए । यस्ता कार्यक्रमहरुले मतदाता शिक्षा प्रभावकारी हुने, मतदानमा नागरिक सहभागिता बढ्ने तथा बदर मतको संख्या कम हुने उनको भनाई थियाे ।

Logo