आसन्न निर्वाचनका लागि कुन प्रदेशमा कति छन् मतदाता ?

आसन्न निर्वाचनका लागि कुन प्रदेशमा कति छन् मतदाता ?


मंसिर ४ गते हुन गइरहेकाे  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेका छन् । जसमा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७५ छन् भने पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ जना छन् । त्यस्तै, अन्य मतदाता १ सय ८५ जना रहेका छन् । 

गत स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका थिए । जसमा महिला मतदाता ८७ लाख ४१ हजार ५ सय ३० थिए भने पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना थिए । त्यस्तै, अन्य मतदाता १ सय ७३ जना रहेका थिए । साेही तथ्याङ्कलाई हेर्ने हो भने सङ्घीय निर्वाचनमा २ लाख ५४ हजार ८ सय ४७ नयाँ मतदाता थपिएका छन् । 

हेर्नुहाेस् प्रदेशकाे विवरण-

प्रदेश १ 
कुल मतदाता –३३,४७, ३८४
महिला मतदाता –१६,४७, ५६१
पुरुष मतदाता –१६,९९,८०० 
अन्य मतदाता –२३ 

मधेस प्रदेश
कुल मतदाता –२९,१०,०२३ 
महिला मतदाता –१३,३२,६४०,
पुरुष मतदाता –१५,७७,३१७ 
अन्य मतदाता –६६ 

बागमती प्रदेश 
कुल मतदाता –३४,१२,८६९
महिला मतदाता –१७,०७,९४२,
पुरुष मतदाता –१७,०४,८९८
अन्य मतदाता –२९ 

गण्डकी प्रदेश
कुल मतदाता –१६,६२,२४६ 
महिला मतदाता –८,६९,५३८ 
पुरुष मतदाता –७,९२,६९७
अन्य मतदाता –११ 

लुम्बिनी प्रदेश
कुल मतदाता –४,०९,९०० 
महिला मतदाता –२,०९,०९९
पुरुष मतदाता –२,००,७९९
अन्य मतदाता –२ 

कर्णाली प्रदेश 
कुल मतदाता –९,०८,४३३ 
महिला मतदाता –४,४९,०३० 
पुरुष मतदाता –४,५९,४०१ 
अन्य मतदाता –२ 

सुदुरपश्चिम प्रदेश
कुल मतदाता –५३,३७,७१५ जना रहका छन् । 

Logo