काठमाडौंमा दलका नयाँ उम्मेदवारलाई कसलाई कोबाट कति चुनौती ?

काठमाडौंमा दलका नयाँ उम्मेदवारलाई कसलाई कोबाट कति चुनौती ?


मंसिर ४ गते आउन अब केहीदिन मात्रै बाँकी छ । केही साता अघि देखि जोडतोडका साथ उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा लागेका छन् । चिया पसलदेखि सिंहदरबारसम्म यो बेला चुनावकै चर्चा छ । 

काठमाडौंको चुनावले यो पटकपनि बढी नै चर्चा पाएको छ । संघीय राजधानी भएकाले मात्रै हैन युवा र स्वतन्त्र तथा हेभीवेट उम्मेदवारको चर्चाले काठमाडौंको निर्वाचन चर्चा उच्च छ । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा यसपटक स्वतन्त्र र दल गरेर २६५ उम्मेदवार छन् । गत स्थानीय चुनावबाट बढेको स्वतन्त्र उम्मेदवारीले संघीय चुनावमा पनि निरन्तरता लियो । जसले गर्दा घरदैलोमा रहेका उम्मेदवारले आफुहरु पटक–पटक सत्तामा पुगेका दलका नेताभन्दा पनि योग्य भएको बताउदै आएका छन् । दलका कमी-कमजोरी र बेथितीलाई आफ्ना एजेण्डा बनाएका स्वतन्त्र उम्मेद्वारहरु अधिकांस युवा उमेरका रहेका छन् । काठमाडौंबाट उम्मेद्वारी दिनेमा २७ देखि ८५ वर्षसम्मका छन् । २७ वर्षकी सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट काठमाडौ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी छन । यस्तै ८५ वर्षिय विष्णुप्रसाद ढकालले स्वतन्त्रतर्फ काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका हुन् । आसन्न निर्वाचनमा स्वतन्त्र र नयाँ दलका नेताहरु अधिकांश युवा उम्मेदवार छन् ।  

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली काँगे्रसका प्रकाशमान सिंहसँग नेकपा एमालेका किरण पौडेल उम्मेदवार रहेका छन् । उनीहरुको प्रतिस्पर्धीमा राप्रपाका रवीन्द्र मिश्र रहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि मैदानमा छन् । प्रकाशमान सिंहले ०७४ को निर्वाचनमा रविन्द्र मिश्रलाई ८ सय १८ मतले मात्रै पराजित गरेका थिए । सिंह चार दशकदेखि राजनीतिमा सक्रिय छन् । मिश्र गत चुनावमा साझा पार्टीबाट चुनाव लडेका भएपनि यसपटक भने राप्रपा प्रवेश गरेसँगै चुनाव भिड्दै छन् । किरण पौडेल नेकपा एमालेका युवा उम्मेदवार हुन । रमेश खरेलको पनि उपस्थिति गजबकै छ । पुकार बम काठमाडौं क्षेत्र नम्बर १ मा सर्वाधिक चर्चामा रहेका उम्मेदवार हुन् । जसले गर्दा काठमाडौं क्षेत्र नम्बर १ मा यसै अडकल गरिहाल्न सक्ने अवस्था छैन । पौडेल, खरेल र बम पहिलोपटक चुनाव लड्दै छन् । यहाँ दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । 
काठमाडौं क्षेत्र नम्बर २ मा विभिन्न दल र स्वतन्त्र गरी ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की ओनसरी घर्तिमगर, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुन्तीदेवी पोखरेल उपाध्याय, विवेकशील साझा पार्टीको तर्फबाट धनेज थापा र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोविता गौतमले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनकी ओनसरी पूर्वसभामुख हुन भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम चर्चामा रहेकी उम्मेदवार हुन । गौतम र पोखरेल पहिलोपटक चुनाव भिड्दै छन् । 

काठमाडौं क्षेत्र नंं.३ मा विभिन्न दल र स्वतन्त्र गरी २३ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेकपा एमालेले कृष्णबहादुर राई, नेपाली कांग्रेसले सन्तोष चालिसे, नेकपा (माओवादी केन्द्र) ले बद्रीप्रसाद बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा बिक्रम थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । यो निर्वाचन क्षेत्र नम्बर ३ लाई अलि फरक ढङ्गले हेरिएको छ । कारण हो देशैभर काँगे्रससँग गठबन्धन गरेको माओवादीले यहाँ आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ । 

०७४ को चुनावमा एमालेका राईले ४ हजार २८५ मत ल्याएर कांगे्रसकी अम्बिका बस्नेतलाई पराजित गरेका थिए । गत स्थानीय चुनावको मतमा पनि एमाले अग्रस्थानमा रहेकाले राई चालिसे र बजगाईभन्दा बलिया उम्मेदवार देखिन्छन् । पहिलोपटक चुनाव लडेका रास्वपाका क्षेत्री र राप्रपाका गिरीलाई पनि चुनाव जित्न हम्मेहम्मे छ । 

काठमाडौं क्षेत्र नम्बर चारको निर्वाचनलाई पनि रोचक छ । यहाँ दल र स्वतन्त्र गरी ३५ जनाको उम्मेदवारी छ । यसक्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाका प्रतिस्पर्धीमा नेकपा एमालेका राजन भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुर मोहन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अरुण श्रेष्ठ छन् । थापा तेस्रो पटक निर्वाचित हुने दाउमा छन् भने भट्टराई पहिलोपटक सांसद बन्ने तयारीमा छन् । यहाँ थापा र भट्टराईबीच कडा प्रतिस्पर्धा हुने भएकाले राप्रपाका ठाकुरमोहन श्रेष्ठ र रास्वपाका अरुण श्रेष्ठलाई चुनाव भारी देखिएको छ । ठाकुर र अरुण पहिलोपटक चुनाव लड्दै छन् । 

काठमाडौं क्षेत्र नं.५ मा विभिन्न दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट ईश्वर पोखरेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रामप्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. प्रणय शम्शेर राणा छन् ।पोखरेल चौथो पटक चुनावी प्रतिस्प्रर्धामा होमिएका हुन भने पौडेल र राणा पहिलोपटक प्रत्यक्षचुनाव भिड्दै छन् । स्थानीय चुनावको तुलनामा दलगत रुपमा पोखरेल बलिया भएपनि पोखरेल र पौडेलबीचमा नै चर्को प्रतिस्प्रर्धा हुने देखिर्एको छ । 

काठमाडौं निर्वाचन क्षेत्र नं.६ मा नेकपा एमालेले सर्वेन्द्र खनालको प्रतिस्पर्धा सत्तारुढ गठबन्धनबाटनेपाली कांग्रेसका भिमसेनदास प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, विवेकशील साझा पार्टीका अजित खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग रहेको छ ।रक्षामन्त्री बनिसकेका सत्ता गठबन्धनका प्रधानले ०७४ को चुनावमा १६ हजार ७८५ मत ल्याएर माओवादीका झक्कु प्रसाद सुवेदीलाई पराजित गरेका थिए । अहिले माओवादीको मत पनि काँगे्रसलाई नै छ । यद्यपी सर्वेन्द्र खनालको पनि पकड गतिलो छ । पहिलो पटक प्रतिनिधीसभामा होमिएका सर्वेन्द्र खनाल र चौथो पटक चुनावमा होमिएका भिमसेन दास प्रधानबीचमा नै प्रतिस्प्र्धा तीब्र छ । यहाँ विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । 

काठमाडौं क्षेत्र नम्बर ७ मा उम्मेदवारी दिनेमा नेकपा एमालेका श्यामकुमार घिमिरे, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की मानुषी यमी भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली छन् ।काठमाडौं क्षेत्र नम्बर ७ मा सर्वाधिक चर्चामा रहेकी उम्मेदवार हुन मानुषी । पहिलो पटक चुनाव लड्दै गरेकीउनको प्रतिस्पर्धा पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रहेका श्यामकुमार घिमिरेसँग छ । जसले मानुषीलाई चुनाव जित्न सहज भने देखाएको छैन् ।यहाँविभिन्न दल र स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दिएका छन् । 

काठमाडौं क्षेत्र नं.८ मा विभिन्न दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमासत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले जीवनराम श्रेष्ठ, नेकपा एमालेले शिव सुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रकाश रिमाल र राष्ट्रिय स्वतन्त्र पार्टीले विराज भक्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ । काठमाडौं क्षेत्र नम्बर ९ मा गठबन्धन र एमालेका उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा छ । कांगे्रसको गतिलो पकड भएको यो क्षेत्रमा सत्तागठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का कल्पना धमला उम्मेदवार छन् । प्रतिस्पर्धीमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका देबेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर पोखरेलमैदानमा छन् । 

पटक–पटक मन्त्री भइसकेका श्रेष्ठ र धमलाबीच कस्ले बाजी मार्ला भन्न सकिन्न । यी दुई नेतालाई चुनावमा हराउन पहिलोपटक चुनाव भिडेका रास्वपाका टेकबहादुर पोखरेललाई गाहै्र छ । काठमाडौं क्षेत्र नं.९ मा विभिन्न दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् ।
काठमाडौं क्षेत्र नं.१० मा विभिन्न दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी परेको छ । 

जसमा नेपाली कांगे्रसका राजेन्द्रकुमार केसीको प्रतिस्प्रर्धीमा नेकपा एमालेबाट हिमेस केसी, नेकपा (माओवादी केन्द्र)बाट अन्जना विशंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रदिप विष्ट रहेका छन ।यस क्षेत्रमा पनि सत्ता गठबन्धनकै दलबीच परस्पर प्रसितस्पर्धा हुने देखिएको छ । कांग्रेसको भागमा परेको यो क्षेत्रमा माओवादीले गठबन्धन तोडेको घोषणा गर्दै दलको उम्मेदवार खडा गरेको हो । 

Skip This
Logo