पैदल यात्रामा अध्यक्ष ओली सहभागी, नागरिकले यसरी गरे स्वागत [तस्विरमा]

पैदल यात्रामा अध्यक्ष ओली सहभागी, नागरिकले यसरी गरे स्वागत [तस्विरमा]


नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदल यात्रा कार्यक्रम गरेका छन् । 

मंगलवार नागरिक समाज र स्वतन्त्र अगुवाहरुले आयोजना गरेको पैदल यात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बने । चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका हुन् । उनीहरुले ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् । 

पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बनेकी थिइन् । पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा, समाजसेवीहरुको सहभागिता थियो । पैदल यात्रा कार्यक्रममा एमाले उम्मेदवारहरुले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई बहुमतले जिताउने विश्वास व्यक्त गरे । 

पैदल यात्राका क्रममा अध्यक्ष ओली र उनकी धर्मपत्नी शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए । निर्वाचनको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने चुनावी प्रचारप्रसार तिब्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा ब्यस्त छन् । 

तस्विरहरू-

 

Skip This
Logo