झापा- ३ बाट राजेन्द्र लिङदेनको उम्मेदवारी किन ?

झापा- ३ बाट राजेन्द्र लिङदेनको उम्मेदवारी किन ?


नेपाली राजनीतिमा पृथक पहिचान र स्थान बनाउन सफल नेता हुन् राजेन्द्र लिङदेन । सामान्य अवस्थाबाट उठेर राजनीतिमा स्थापित भएका नेता हुन् लिङदेन । जनजाति पृष्ठभूमिबाट छोटो समयमै राष्ट्रिय राजनीतिमा छाउन उनी सफल भएका छन् । 

फरक राजनीतिक धार सहित प्रष्ट वक्ताका रुपमा चिनिएका छन् नेता लिङदेन । सुशासन र समृद्धिका लागि उनले लिएको नारा निकै चर्चित पनि छ । भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो- भन्ने राप्रपा अध्यक्ष लिङदेनको भनाइले नेपाली राजनीति नै तरंगित बनेको छ । उनको यही भनाइबाट प्रभावित भई बीपीकी नातिनी मनीषा काेइरालाले सार्वजनिक समारोहमै लिङदेनको प्रसंसा गरेकी छिन् ।

यतिमात्र हैन मनीषा लिङदेनको दल राप्रपाको चुनावी अभियानमै सामेल भएकी छन् । उनका चुनावी कार्यक्रमहरुमा विभिन्न जनसमुदायका मानिसहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

२०३६ सालमा विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा उदाएका लिङदेन ०७४ को आम निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । यसपटक पनि उनी सोही क्षेत्र र अघिल्लै प्रतिद्वन्द्वीसँग चुनावी मैदानमा छन् । सरल–निष्ठावान नेताका रुपमा उदाएका लिङदेनपाका र युवा पुस्तामाझ प्रिय बन्दै गएका छन् । आफ्नो निर्वाचन क्षेत्रका समस्या पहिचानको लागि उनी मिहिन ढंगले अध्ययन गर्छन् । 

सबै क्षेत्रका जनताको राय सुझावका आधारमा न्याय संगत निर्णय लिने उनको बानी पार्टी पंक्तिमा पनि निकै रुचाइएको छ । आफ्नो क्षेत्रका समस्या समाधानका लागि अन्य दलहरुसँँग समन्वय गर्ने बानीका कारण पनि उनलाई चुनाव जित्न सजिलो भएको टिप्पणी हुने गरेको छ ।

झापा जिल्लाभर राप्रपाको राम्रो जनाआधार भएको र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी साझेदारी गरेका कारण पनि युवा नेता लिङदेन चुनाव जित्नेमा ढुक्क देखिएका छन् । 

 

Logo