चुरोट पिएर नै ४२ किलोमिटर म्याराथन

चुरोट पिएर नै ४२ किलोमिटर म्याराथन


म्याराथन दौडनुको सम्पूर्ण उदेश्य फिटनेसलाई बढावा दिनु र समग्र स्वास्थ्य सुधार्नु हो । म्याराथन दौडनु सजिलो छैन ।  प्रशिक्षण र स्वस्थ जीवनशैलीको लागि प्रतिबद्धता चाहिन्छ । निःसन्देह, म्याराथन दौडने मानिसहरूलाई ब्रह्माण्डमै सबैभन्दा धेरै स्वास्थ्य–सचेत खेलाडी मानिन्छ। तर, 'अंकल चेन' नामले चिनिने एक चिनियाँ धावक म्याराथनमा प्रतिस्पर्धा गर्दा चेन–स्मोकिंगका लागि भाइरल भएका छन् ।

हामी सबैलाई थाहा छ कि धुम्रपान सिगरेटले दौड प्रदर्शनमा बाधा पुर्‍याउँछ। यदि तपाइँ धुम्रपान गर्नुहुन्छ भने,  तपाइँको मुटु, फोक्सो र मांसपेशिले कम अक्सिजन प्राप्त गर्दछ । यसले दौडन धेरै गाह्रो बनाउँछ। त्यसको बावजुद ५० वर्षीय चेनले जिआन्देमा नोभेम्बर ६ मा धुम्रपान गर्दै ४२ किलोमिटर  म्याराथन पूरा गरे ।  

उनले तीन घण्टा २८ मिनेटमा म्याराथन पूरा गर्दै झण्डै १५ सय धावकमध्ये समग्रमा ५७४औं स्थान हाँसिल गरे । दौडदा उनले चुरोटको एउटा प्याकेट नै सकेका थिए ।

उनका तस्बिरहरू पहिले चिनियाँ सामाजिक सञ्जाल एप विबोमा भाइरल भएका छन् । फोटोमा मिश्रित प्रतिक्रिया आएको छ ।

यसैबीच, कार्यक्रम आयोजकले पनि उनको फिनिसिङ सर्टिफिकेट बाँडेर उनको उपलब्धि मनाएको थियो। अंकल चेनले यस्तो अनौठो स्टन्ट निकालेको यो पहिलो पटक होइन। रनिङ म्यागजिनका अनुसार सन् २०१८ को ग्वाङ्झाउ म्याराथन र २०१९ सियामेन म्याराथन दौडिरहेको बेला उनलाई धेरै चुरोटहरू  पिउँदै गरेको चित्रण गरिएको थियो । -एजेन्सी

Logo