मतदान सुरू हुन केही घण्टा मात्रै बाँकी, मतदाता भन्छन्- कसरी गर्ने थाहै छैन

मतदान सुरू हुन केही घण्टा मात्रै बाँकी, मतदाता भन्छन्- कसरी गर्ने थाहै छैन


मतदान सुरू हुन १५ घण्टा मात्रै बाँकी हुँदा समेत सप्तरीमा मतदाता शिक्षा दिन काेही पुगेका छैनन् । मतदाता शिक्षा दिनेहरू गाउँ टोलमा नपसेपछि भाेलि कसरी मतदान गर्ने हाेला भनेर अलमलमा परेकाे राजविराज नगरपालिका-२ राजदेवी टोलकी सकिना खातुनले बताइन्।

उनले भनिन्,´यसपालि मत कसरी हाल्ने ? थाहा नै छैन । पहिले पहिले  त मतदाता शिक्षा लिएर घरघर आईपुग्थ्यो । यसपालि त काेही आएनन् ।' 

राजविराज-४ मस्जिद टोलकी सुनिताकुमारी परियारले पनि मतदान गर्ने प्रक्रिया बिषयमा अनभिज्ञ रहेको बताइन् । उनले भनिन्,´मलाई भाेट हाल्नु भनेर त धेरै आए । तर, मत कसरी हाल्ने कसैले सिकाएनन् ।' सिंगाे परिवार नै मत हाल्ने विषयमा अन्योल रहेको उनको भनाइ छ ।

पाँच वर्षमा चुनाव आउँछ । मत हाल्ने तरिका सधैं फरक हुन्छ । उस्तै भए पनि पाँच वर्षको कुरा याद नरहने मतदाताहरूकाे भनाइ छ । 

राजविराज- २ तितरीगाछीकी ८० वर्षीया सावित्री देवी देवले मतदाता शिक्षा नदिएका कारण भाेट खसाल्न जानु की नजानु भएकाे बताइन् । उनले भनिन्,´हामी त झन वृद्धाअवस्थामा पुग्यौं हामीलाई सिकाएन भने हाम्रो उमेरको व्यक्तिले मत हाल्न सक्ने अवस्था छैन् ।' 

तर, पनि चुनाव प्रचारप्रसारतर्फ अत्याधिक समय खर्चिने उम्मेदवारहरू मतदाता शिक्षातर्फ ध्यानाकर्षण नगरेको उनको भनाइ रहेको छ । 

जिल्ला निर्वाचन कार्यालय सप्तरीले पनि मतदाता शिक्षाप्रति चासो नदेखाएकले मतहाल्ने पूर्वसन्ध्यामा मतदाताहरू मतदान गर्ने तरिका बारे अन्योलमा रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ  छ ।

Logo