मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आह्रवान

मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आह्रवान


भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले आह्रवान गरेको छ । 

काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ ।

आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड प्रयोग गरी गलत समाचार सम्प्रेषण भएको विषयलाई ईंकित गर्दै काउन्सिले यस्तो आह्वान गरेको हो ।

Skip This
Logo