काठमाडौँको बसन्तपुरमा व्यवस्थित रुपमा बनाइएकाे मतदान केन्द्र [तस्विरमा]

काठमाडौँको बसन्तपुरमा व्यवस्थित रुपमा बनाइएकाे मतदान केन्द्र [तस्विरमा]


आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जनाइसकेकाे छ ।

देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्यांकमा उल्लेख छ । उक्त प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । 

निर्वाचन गराउन खटिएका कर्मचारीहरु मतदानस्थलमा पुगिसकेका छन् । शनिबार नै मतदानस्थलको सुरक्षाका साथै मतदान गर्न सहज हुने गरी लाइन लाग्ने, मत संकेत गर्ने गोप्य कक्ष निर्माण गर्ने, मतपत्र खसालेर फर्किने ठाउँ सबै निमार्ण भैसकेका छन् । 

यसैबीच काठमाडौँकोवसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ । काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थ्लको कार्य सम्पन्न भएको हो । 

काठमाडौं महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताए । यस क्षेत्र नम्बर ८ को १ मा ४ हजार ६२३ जना मतदाताहरु रहेका छन् । मतदान स्थल वृद्ध, अशक्त, अपाङ्मैत्री बनाइएको छ । 

हेरौं, काठमाडौँको बसन्तपुरको व्यवस्थित रुपमा बनाइएको मतदान केन्द्रः-

No description available.No description available.No description available.No description available.No description available.

 

Logo