मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान गर्नुस्ः निर्वाचन आयुक्त भण्डारी

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ, ढुक्कसँग मतदान गर्नुस्ः निर्वाचन आयुक्त भण्डारी


निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मतदान गरेका छन् । 

निर्वाचन आयुक्त भण्डारीले काठमाडौंको अनामनगरस्थित मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्वपूर्ण प्रक्रिया मतदान भएकाले निर्धक्क भएर मतदान गर्न मतदातासमक्ष आग्रह गरे । 

आयुक्त भण्डारीले मतदान स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताए । 

उनले भने, ‘निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्वपूर्ण प्रक्रिया भनेको मतदान हो । मतदान स्वच्छ, निष्पक्ष र भयरहीत हुनुपर्छ भन्ने सबैको मान्यता हो । हामीले अहिले यति राम्रोसँग सहज र व्यवस्थित ढंगले व्यवस्था गरेका छौँ, व्यवस्थापन असाध्यै राम्रो छ । शान्ति, सुरक्षा राम्रो छ ।’
 
निर्वाचन आयुक्त भण्डारीले कुनैपनि स्थानमा दुर्घटना भए आयोग ३० मिनेट भित्रमा घटनास्थलमा पुग्ने बताए । 

Logo