देशभर मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाण

देशभर मतदान शान्तिपूर्ण नै भइरहेको छः गृहमन्त्री खाण


गृहमन्त्री बालकृष्ण खाणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्।

गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाणले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् । ‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।

Skip This
Logo