शेखर र लालबाबुको मोरङ-६ मा मतगणना सुरु

शेखर र लालबाबुको मोरङ-६ मा मतगणना सुरु


शेखर र लालबाबुको क्षेत्र मोरङ-६ मा मतगणना सुरु प्रतिनिधिसभा सदस्यतर्फ मोरङ क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ ।

विराटनगरको आदर्श माध्यमिक विद्यालयमा केहीबेरअघिबाट मतगणना सुरु भएको हो । क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

२०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका अन्य क्षेत्रको मतगणना पनि सुरु हुँदैछ ।

Logo