अर्थमन्त्री शर्माको गृहजिल्ला रुकुमपश्चिममा मतगणना सुरु

अर्थमन्त्री शर्माको गृहजिल्ला रुकुमपश्चिममा मतगणना सुरु


नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुमपश्चिममा मंगलबार बिहान ९ बजेबाट गणना सुरु भएको छ । नेकपा एमालेले मतदान प्रकृयामा असहमति राखेका कारण गणनामा ढिलाई भएको हो ।

सत्ता गठबन्धनका तर्फबाट रुकुम पश्चिमको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाका सबै सिटमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ । त्यहाँ कांग्रेसले कुनै सिट नलिई सहयोग गरेको छ ।

प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट माओवादीका शर्मा र नेकपा एमालेका नन्दराम देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

Skip This
Logo