गगन थापाले दिए मतदातालाई धन्यवाद

गगन थापाले दिए मतदातालाई धन्यवाद


कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत थापाले आफूलाई  विश्वास गरेर यस पटक पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी गराएकोप्रति मतदातालाई धन्यवाद दिएका हुन् । 

“फेरि एक पटक काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताहरूले मलाई विश्वास र स्नेह प्रकट गरेर प्रतिनिधि सभामा निर्वाचित गरिदिनुभएकोमा मेरो श्रद्धेय मतदाताहरूलाई कोटी कोटी नमन गर्न चाहन्छु। हजुरहरूप्रति म कृतज्ञ छु, आभारी छु र ऋणि छु। उनले भनेका छन् । 

थापा एमालेका राजन भट्टराईलाई पछि पार्दै भारी मतका साथ सांसद निर्वाचित भएका हुन् । 

Logo