लमजुङमा देव गुरुङलाई पराजित गर्दै पृथ्वीसुब्बा विजयी

लमजुङमा देव गुरुङलाई पराजित गर्दै पृथ्वीसुब्बा विजयी


नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा लमजुङबाट विजयी भएका छन् ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले  पराजित गर्दै उनले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन । विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी देवप्रसादले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् । जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ८० हजार एक सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।
 

Logo