तनहुँ १ मा रामचन्द्र पौडेल विजयी

तनहुँ १ मा रामचन्द्र पौडेल विजयी


आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्न बाँकी तनहुँ क्षेत्र नं. १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले २५ हजार ३१३ मत पाएर जित हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना ले १९ हजार ९२५ मत पाएका छन् । दुई जनाबीचको मतान्तर ५ हजार ३८८ रहेको छ । त्यस्तै, कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८७७ मत प्राप्त गरेका छन् । आयोगले केहीबेरमा आधिकारिकरूपमा परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

Logo