स्याङ्जा– २ मा मतगणना हुन सकेन

स्याङ्जा– २ मा मतगणना हुन सकेन


निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । 

एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो ।  कांग्रेसले बुथ कब्जा गरी विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान गरेको भन्दै एमालेले ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ । 

यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।

Logo