सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट निर्वाचित

सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट निर्वाचित


सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । 

३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत ल्याए । यो उनको दोस्रो जित हो ।

Logo