ओली र प्रचण्डबीच सम्बन्ध सुधारकाे संकेत

ओली र प्रचण्डबीच सम्बन्ध सुधारकाे संकेत


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । 

बिहीबार दिउँसो गोरखा क्षेत्र नं २ बाट विजयी भएका प्रचण्ड र झापा क्षेत्र नं ५ बाट विजयी भएका ओलीबीच बधाई साटासाट भएको हो । अध्यक्ष ओलीले सो क्रममा पुरानो तिक्तता भुलेर आगामी दिनमा मिलेर अघि बढ्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ । 

त्यसको जवाफमा अध्यक्ष प्रचण्डले मत परिणाम आउने क्रम जारी रहेको र गठबन्धनको नतिजा आइसकेपछि मात्रै कुरा गरौंला भनेको बताइएको छ । चुनावको मुखमा एकअर्काविरुद्ध वाकयुद्ध तीव्र पारेका दुई शीर्ष नेताबीचको कुराकानीलाई अर्थपूर्ण ढंगले हेरिएको छ । 

साथै अध्यक्ष प्रचण्डलाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फोन गरेर बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ । 

Logo