रौतहट क्षेत्र नम्बर- ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी भएका छन् ।
अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई पराजित गर्दै साह निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । साथै माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत ल्याए ।
साहलाई नेकपा (एमाले)ले टिकट दिएपनि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
प्रकाशित: ८ मंसिर २०७९ १९:४२ बिहीबार