मेटमणिलाई झण्डै पाँच हजार मतको अग्रता

मेटमणिलाई झण्डै पाँच हजार मतको अग्रता


दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् । 

निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ ।  

Logo