महोत्तरी- ३ मा महन्थ ठाकुरले लिए अग्रता

महोत्तरी- ३ मा महन्थ ठाकुरले लिए अग्रता


महोत्तरी- ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिएका हुन् । ठाकुरले १३ हजार १७८ मत प्राप्त गरेका छन् ।

जसापका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहेका छन् ।

Logo