काभ्रे-१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

काभ्रे-१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित


काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन् । त्यसैगरी उनका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो भएका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत प्राप्त गरे । काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए । 

Logo