गृहमन्त्री खाण राप्रपाका बोहोरासँग १८ सय मतले पछि

गृहमन्त्री खाण राप्रपाका बोहोरासँग १८ सय मतले पछि


रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग पछि परेका छन् । 

राप्रपाका बोहरासँग १८ सय मतान्तर ले खाण पछि परेका हुन् । बोहोराले ३२,८४८ मत पाउँदा गृहमन्त्री खाणले ३१ हजार ६ मत पाएका छन् । १ लाख ३२ हजार मतदाता रहेको सो क्षेत्रमा करिब ९३ हजार मत खसेको थियो । अघिल्लोपटक समानुपातिकबाट सांसद बनेका खाणलाई यसपटक संसद छिर्न चुनौती देखिएको छ । 

Logo