नुवाकोटमा एमाले निल

नुवाकोटमा एमाले निल


नुवाकोटको प्रतिनिधि सभा र प्रदेशसभा दुबैतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

प्रतिनिधि सभामा २ र प्रदेश सभामा ४ गरी ६ क्षेत्र रहेको नुवाकोटमा एमाले निल भएको छ । प्रतिनिधि सभातर्फ क्षेत्र न १ मामाओवादी केन्द्रका हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बद्री मैनालीले २३ हजार चार सय ६३ मत ल्याएका छन् । 

क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुननरसिंह केसी२८ हजार १ सय सात मत सहित निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेले १६ हजार चार सय ७७ मत ल्याएका छन् । यो क्षेत्रमा एमाले तेस्रो दल भएको छ । 

प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश महत १३ हजार ३७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार तीन सय ६८ मत ल्याएका थिए । प्रदेश सभातर्फ क्षेत्र नं‍ १ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङले १६ हजार एक सय ६९ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सुशील कुमार खड्काले ११ हजार तीन सय ५० मत ल्याएका थिए ।

क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा गठबन्धनका माओवादी केन्द्रका रामप्रसाद ढुंगाना १२ हजार एक सय १० मत ल्याएर निर्वाचितनिर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत ल्याएका थिए । 

क्षेत्र नम्बर २ प्रदेश सभा २ मा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बहादुरसिंह लामा१७ हजार दुई सय ४९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयसिंह लामा तामाङले ९ हजार एक सय २४ मत ल्याएका थिए ।

Logo